यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

आइतबार, नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ६३ हजारको कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ५ लाख, एनआईसी एसिया बैंकको ४ करोड ८४ हजार, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख, नबिल बैंकको ३ करोड ९ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स