७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कमाए साढे ४४ अर्ब, नबिल अघि हुँदा एनआईसी र ग्लोबल पछि, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले यो अवधिमा ५३ खर्ब ८६ अर्ब लागनी गरेर सो नाफा कमाएका हुन् । बैंकहरू यस आवको ७ महिनामा गरेको नाफा गत महिना पुसको भन्दा २१.६० प्रतिशत बढी हो ।

बैंकहरूले सो नाफा आर्जन गर्दा नबिल बैंक एक्लैले ४ अर्ब १३ करोड रुपैयाँ नाफा गरेको छ । २०७९ पुससम्म बैंक तथा वित्तीय संस्थाहरूको नाफा ३६ अर्ब ८८ करोड रुपैयाँ थियो भने गत आवको सोहि अवधिमा (माघसम्म) बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब ९० करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । गत आवको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा ८३ अर्ब ४३ करोड रुपैयाँ थियो ।

चालु आवको माघ महिनासम्म वाणिज्य बैंकहरूले मात्रै ४१ अर्ब २ करोड रुपैयाँ नाफा कमाएका छन् । सो नाफा गत महिना पुसको तुलनामा २१ प्रतिशतले बढी हो । पुसमहिनासम्म वाणिज्य बैंकहरूले ३३ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएका थिए । गएको आवको माघमहिनासम्म भने बैकहरूले ४० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका थिए । गत आवको यो अवधिमा बैंकहरूको नाफाको वृद्धिदर १७.८१ प्रतिशत थियो भने अहिले यो अप्ठ्यारो परिस्थितिमा पनि वाणिज्य बैंकहरूको नाफा बढेर २१ प्रतिशत पुगेको हो ।

त्यसरी नै विकास बैंकको नाफाको वृद्धिदर पनि वाणिज्य बैंकहरूको जस्तै देखिएको छ । चालु आवको माघसम्म विकास बैंकहरूले ३ अर्ब १९ करोड रुपैयाँ नाफा गरेका छन् सो नाफा पुस महिनाको तुलनामा २१ प्रतिशतले बढी हो । गत पुस महिनासम्म विकास बैंकहरूको नाफा २ अर्ब ६३ करोड रुपैयाँ थियो । गत आवको माघमा भने विकास बैंकहरूले ३ अर्ब ८८ करोड रुपैयाँ कमाएका थिए । गत आवको सोही अवधिको तुलनामा भने विकास बैंकहरूको नाफा घटेको छ । गत आवको तुलनामा विकास बैंकको नाफा ६९ करोड रुपैयाँले घटेको छ ।

चालु् आवको माघमहिनासम्म फाइनान्स कम्पनीहरूले ६२ करोड २० लाख रुपैयाँ नाफा गरेका छन् । फाइनान्स कम्पनीहरूले गरेको नाफा गत महिना पुसको तुलनामा २६.६३ प्रतिशतले बढी हो । फाइनान्स कम्पनीहरूले पुस महिनासम्म ४९ करोड१० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । गत आवको माघ महिनामा भने फाइनान्स कम्पनीहरूको नाफा ७७ करोड ६० लाख रुपैयाँ थियो ।

नबिलको नाफा सबैभन्दा धेरै
चालु आवको ७ महिनासम्म सबैभन्दा बढी कमाउने बैंकमा नबिल बैंक परेको छ । बैंकले यो अवधिमा ४ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले कमाएको नाफा गत आवको सोही अवधिको तुनलामा ५७.७२ प्रतिशतले बढी हो । बैंकले गत आवको सो अवधिमा २ अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नबिल पछि बढी कमाउने बैंको दोस्रो नम्बरमा एनआईसी एशिया बैंक परेको छ । बैंकले चालु आवको माघ महिनासम्म ३ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ । गत आवको सो अवधिमा बैंकको नाफा २ अर्ब ८५ करोड रुपैयाँ थियो ।

बढी कमाउने बैंकको तेस्रो नम्बरमा गालेब आईएमई बैंक परेको छ । बैंकले चालु आवको यो अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको । नाफालाई हेर्दा आगामी दिनमा एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंकको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कुन बैंकले कति कमाए ?

Bank Name  Profit 2079 Mag
NBL                      1,706.61
RBB                      3,066.82
NABIL                      4,132.69
NIBL                      2,703.02
SCBNL                      2,023.28
HBL                      1,298.34
NSBI                      1,380.16
EBL                      1,883.45
NIC                      3,678.98
MBL                      1,178.66
KUMARI                      1,530.71
LAXMI                      1,280.43
SBL                      1,450.73
ADBNL                         100.62
GLOBAL                      3,553.55
CITIZEN                      1,023.37
PRIME                      1,997.83
SUNRISE                         860.63
NMB                      2,235.75
PRABHU                         777.08
CBL                      1,533.74
SANIMA                         364.24

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स