काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ हजार ९ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ९ सय रूपैयाँले बढेर १ लाख १० हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १३ सय ४५ रूपैयाँ कायम भएको छ ।