डा.प्रकाशशरण महत अर्थमन्त्री, काँग्रेसलाई ८ मन्त्रालय अन्यलाई कुन कुन ?

काठमाडौं । नेपाली काँग्रेसले गृह र अर्थ मन्त्रालय आफूले लिने अडान राखेको छ । नेपाली काँग्रेसको तर्फबाट पूर्ण बहादुर खड्काको नेतृत्वमा आठ जना मन्त्री बन्ने पक्का जस्तै भएपछि अर्थमन्त्री डा.प्रकाशशरण महत बन्ने चर्चामा आएको छ । साथै काँग्रेसको नेतृत्व गरेर जाने पूर्ण वहादुर खड्का आफैले पनि अर्थमन्त्री बन्ने इच्छा राखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सबैभन्दा ठूलो दल कांग्रेसले अर्थ लगायत केही महत्वपूर्ण मन्त्रालय लिने तयारी गरेको छ । सो भागबण्डामा अर्थ मन्त्रालयको जिम्मा भने डा.महतलाई लगाउने तयारी भएको हो । वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट पूर्ण बहादुर खड्काको नेतृत्वमा आठ जना मन्त्री सहभागी हुने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने निर्णय गरेको हो । हाललाई सरकारको नेतृत्व उप सभापति पूर्ण बहादुर खड्काले गर्ने निर्णय भएको काँग्रेस उच्च स्रोतले बताएको छ ।

हुन त काँग्रेस अन्य सांसद पनि अर्थमन्त्रीका लागि उत्तिकै लबिङ र दौडधूपमा छन् । अर्थमन्त्री पदका लागि काँग्रेसबाट निर्वार्चित भएका सांसद विनोद चौधरी, ज्ञानेन्द्रवहादुर कार्कीको नाम पनि नआएको होइन । तर, काँग्रेस केन्द्रीय कमिटीको पछिल्लो बैठकले डा.महतको नेतृत्वमा काँग्रेस सरकारमा जाने तयारी गरेको छ ।

कांग्रेसबाट मन्त्री बन्नेहरूमा नयाँ अनुहारहरू देखिएका छन् । उपसभापति धनराज गुरुङ पनि मन्त्री बन्ने सम्भवना उच्च छ । कांग्रेसको शेखर कोइराला र गगन थापा समूहबाट उपसभापति गुरुङ मन्त्री बन्नेको पहिलो लिस्टमा छन् । यस्तै, प्रदिप पौडेल, जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सञ्जय गौतम लगायत पनि मन्त्री बन्न तीव्र लबिङमा छन् ।

कांग्रेस नेता शशांक कोइरालाले दीपक खड्कालाई मन्त्रीका लागि सिफारिस गरेका छन् । आफू मन्त्री नबनेको अवस्था प्रकाशमान सिंह राजन केसीलाई मन्त्री बजाउने चर्चा छ ।

काँग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेसलाई ८ मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड तयार भएका छन् । सो आधारमा काँग्रेसले कसको नेतृत्वमा जाने भन्ने निर्णय गरेको हो । अब उक्त टिममा को को हुने भन्ने सूचि तयार गर्नेछ । मन्त्रालयको सम्बन्धमा अन्य मिलि सकेको भएपनि अर्थ र गृह मन्त्रालयका लागि कांग्रेस र माओवादी बीचमा कुरा नमिलेको हो ।

माओवादीले गृह मन्त्रालय आफूले लिएर अर्थ मन्त्रालय काँग्रेसर्लाइ दिने भन्दै आएको छ । तर, अर्थ मन्त्रालयमा कांग्रेसभित्रै पूर्ण बहादुर खड्का र डा. प्रकाशशरण महतको बीचमा प्रतिस्पर्धा चलिरहेको छ ।

हालसम्मको अवस्था अनुसार पूर्ण बहादुर खड्काले अर्थमन्त्रालय लिन चाहेका छन् । तर, अर्थमा प्रकाशरण महतको समेत दावी रहेकोले अन्तिम समयमा मात्रै उक्त कुराको छिनोफानो हुने विश्वास गरिएको छ । उता, माओवादीले गृह काँग्रेसलाई दिएर अर्थ आफैले राखेमा नारायणकाजी श्रेष्ठ अर्थमन्त्री बन्ने सम्भावनाको समेत चर्चा चल्न सुरु भएको छ । प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस सबैभन्दा ठूलो दल भएको हैसियतले अर्थसहित ८ मन्त्री लिनेगरी सरकारमा जान लागेको हो ।

त्यस्तै नेकपा माओवादीले गृहसहित ६ मन्त्रालय लिने तयारी गरेको छ । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूले पाउनु पर्ने अडान राखेको छ । रवि लामिछाने नेतृत्वको पाटी राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय पाउने छ भने माधवकुमार नेपाल नेतृत्वको पाटी नेकपा एसले ३ मन्त्रालयले पाउने भएको छ ।

जनता समाजवादी पाटीले २ मन्त्रालय, सिकेलाल राउत नेतृत्वको जनमत पाटीले १, रेशम चौधरी नेतृत्व पाटी राजपाले १ र लोसपाले १ मन्त्रालय पाउने भएको छ । यदि अन्य कुनै पाटीले मन्त्री चाहिने अडान गरेमा माधवकुमार नेपालको पाटीले १ मन्त्रालय छाड्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स