बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, ८ हजार ९५ जनाले पाए १० कित्ता सेयर

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा आज बिहान ११ बजे आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ५८ हजार २७८ आवेदकबाट परेको १ करोड ५७ लाख १६ हजार ७६० कित्ता सेयर खरिद आवेदन सदर भएको छ भने १ हजार ५०६ आवेदकबाट परेको १९ हजार ५० कित्ता सेयर खरिद आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।

कम्पनीले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो भने १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स