काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय १० रूपैयाँ कायम भएको छ ।