२०८० सालमा ३५ दिन सार्वजनिक विदा (सूचीसहित)

काठमाडौं । सरकारले २०८० सालमा दिईने सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज राजपत्रमा विदाको सूची सार्वजनिक गरेको हो ।

बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । नयाँ क्यालेण्डरअनुसार वैशाख १गते नयाँ वर्ष र २२ गते उभौली पर्व (चण्डी पूर्णिमा) देखि दशैं तिहार तथा विभिन्न पर्व तथा जात्रा समेटेर विदाको सूची सार्वजनिक गरेको हो ।

सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको विदा पनि दिएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।

फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद्कोको बैठकले २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

हेर्नुस् २०८० सालमा हुने विदाको सूची:

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/२०८०-साल-भरिको-सार्वजनिक-विदा-संम्वन्धी-६५.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स