दुई इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

यी तीन कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले हिमालयन एभरेष्टको २.७५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता ४२० रुपैयाँका आधारमा नेप्सेले २.७५ प्रतिशत बोनस वितरणपछिको सेयरमूल्य प्रतिकित्ता ४०८.७६ रुपैयाँ कायम गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता ४१४ रुपैयाँका आधारमा नेप्सेले ३.३२५ प्रतिशत बोनस वितरणपछिको सेयरमूल्य प्रतिकित्ता ४००.६८ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, स्वभिमान लघुवित्तको २० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता १२६० रुपैयाँका आधारमा नेप्सेले २० प्रतिशत बोनस वितरणपछिको सेयरमूल्य प्रतिकित्ता १०५० रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा आइतबारबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स