बिपिडब्लु लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुने, कति जनाले हात पार्दै छन् १० कित्ता सेयर ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भोलि हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आईपीओ भोलि (शुक्रबार) बिहान ११ बजे बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो ।

लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्कासन गरेको थियो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म करिब १५ लाख ३३ हजार आवेदकले कुल १ करोड ६७ लाख ६५ हजार बढी कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्।

मागभन्दा बढी आवेदन परेकै कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ। जसमा भाग्यमानी ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले सेयर पाउने छन् भने करिब सवा १५ लाख आवेदकको हात खाली हुने देखिएको छ।

कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स