आज नेपालले विश्वकप छनोटमा खेल्न पाउने ऐतिहासिक ‘फाइनल’ खेल खेल्दै

काठमाडौं । बिहिबार नेपाली क्रिकेटको ऐतिहासिक ’फाइनल’ खेल, हँुदैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत बिहिबार नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा महत्वपूर्ण खेल खेल्दै छ । यो लिग कै अन्तिम खेल हो । यो खेल नेपालको लागि सबैभन्दा महत्वपूर्ण छ । यो खेल जितेमा नेपालले सिधै एक दिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ ।

आजको खेल यो अर्थमा पनि महत्वपूर्ण छ, नेपालले यो खेल जितेमा सिधै एक दिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने भएकोले यो फाइनल खेल नेपालको लागि यस अर्थमा पनि महत्वपूर्ण छ ।

बिहिबारको खेलको लागि बाहिरी जिल्लाबाट बस नै रिजर्भ गरेर खेल हेर्न आउने तयारी गरेका समर्थकहरुको संख्या ठूलो छ । बिहिबारको खेलमा बाजा बजाउने समूह र लोक दोहोरी कलाकार समेत उपस्थित हुँदै छन् ।

प्रत्यक्ष दोहोरी कलाकार संघका अध्यक्ष एवम गोरखा सास्कृतिक समाजका महासचिव रविन लामिछाने ५० जना भन्दा धेरै दोहोरी कलाकारहरु एउटै समूहमा नेपाललाई समर्थन गर्न जाने तयारीमा रहेको बताउछन् । उनीहरुले लोक दोहोरी कलाकार लेखेर नेपाली टिमको विशेष जर्सी नै तयार पारेका छन् ।

एमआरआरको समूहले पन्चेबाजा सहित नेपाललाई समर्थन गर्न मैदान जाने सबै तयारी गरिसकेको छ । एमआरआरले आम क्रिकेट समर्थकबाट ससानो सहयोग संकलन गरेर लोकदोहोरी कलाकारदेखि पन्जेबाजा सहित नेपाललाई समर्थन गर्न जान लागेको हो ।

नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष नारायण पराजुली बिहिबार मैदानमा दर्शकको उपस्थिति ऐतिहासिक हुने बताउँछन् । उनका अनुसार पूर्वदेखि पश्चिमबाट समर्थकहरु गाडी रिजर्भ गरेर काठमाडौँ आउन लागेको र काठमाडौ आसपासका साथीहरु मैदान पुग्ने नै भएकोले खेलमा समर्थकको उपस्थिति ऐतिहासिक हुने पक्का छ ।

उनी भन्छन् ’टियुमा ऐतिहासिक दर्शक सहित ऐतिहासिक जित निकालेर विश्वकपको एक खुट्किला नजिक पुग्ने हाम्रो चाहानालाई अब कसैले रोक्न सक्दैन । नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहेका र नेपालको खेलको कमेन्टेटर समेत रहेका एन्ड्रियु लिनार्ड बिहिबार मैदानमा २५ हजार दर्शक आउने अनुमान गर्छन् ।

उनले मैदानमा आउने समर्थहरुलाई समयमा नै आउँन र आफ्नो टिमलाई समर्थन गर्दै गर्दा विपक्षी टिमका खेलाडीलाई पनि सम्मान गर्न आग्रह गरेका छन् । उनी बिहिबारको खेल नेपालको क्रिकेट इतिहास मै सबैभन्दा ठूलो खेल भएको बताउँछन् ।

हाल अंक तालिकामा नेपाल ३८ अंक सहित चौथो स्थानमा छ । नेपालले युएई विरुद्धको खेल पनि जिते नेपालको ३६ खेलबाट ४० अंक हुने छ । ४० अंक हुँदा नेपाल अंक तलिकामा नामिबियालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लने छ ।

युएईलाई पराजित गर्दै नेपालले अंक तालिकामा तेस्रो स्थान हाँसिल गरेमा नेपालले सिधै एक दिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । तर वर्षाको कारण अंक बराबर गर्नु पर्ने बाध्यता आयो भने नेपाल र नामिबियाको समान ३९ अंक हुनेछ र राम्रो रन रेट भएकोले नेपाल भन्दा मथि रही नामिबिया सिधै एक दिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ ।

एक दिवसीय विश्वकप ग्लोबल छनौट जिम्बाबमा हुनेछ । विश्वकप ग्लोबल छनोटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।

नेपालले युएईसंगको यो अन्तिम खेल नजिते पनि नेपालले एक दिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने सम्भावना कायम नै रहने छ । तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनोट खेल्नु पर्छ र ती ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनोट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स