नेप्सेद्वारा ट्रेडिङ सिमुलेटर सार्वजनिक, अब सेयर कारोबार सिक्न पैसा नलाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले धितोपत्रको दोस्रो बजारका सम्भावित लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

‘सेयर कारोबार गर्न सिक्ने डमी ट्रेसडङ प्लेटफर्म हो,’ उनले भने ‘यसबाट लगानी कर्ताले सहजै सेयर कारोबार गर्न सिक्न सक्ने छन् ।’ नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ भनेर व्यावहारिक ज्ञान प्रदान गर्न सिमुलेटर परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हो । लगानीकर्तालाई शैक्षिक प्रयोजनका दिने प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार प्रयोगकर्ताले  demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्ने छन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा बिक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश (counter order)  राखेर कारोबार सम्पन्न गराउनेछ ।

यहाँ क्लिक गरेर सिमुलेटर प्रयोग गर्ने तरिका हेर्न सकिने छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/dami.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स