एलिट क्यापिटलले पायो व्यवसाय सञ्चालन सम्बन्धी लाइसेन्स, आगामी साताबाट शुभारम्भ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसाय सञ्चालन (मर्चेन्ट बैंकर) को लाइसेन्स दिएको छ । पुँजी बजारका सक्रिय लगानीकर्ताहरू र गैरआवासीय नेपालीहरूको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा यसले लाइसेन्स प्राप्त गरेको हो ।

२२ करोड ५० लाख पुँजी रहेको एलिट क्यापिटलले थप प्रक्रिया पूरा गरेर निकट भविष्यमै प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र म्यूचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको क्यापिटलले बताएको छ ।

क्यापिटलले व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ) र डिपी लगायतका सेवा समेत दिने क्यापिटलको बताएको छ । व्यावसायिक व्यक्ति तथा संस्थाहरुको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोवार सुरु गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरु ल्याउने जनाएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष डा.रमेश कुमार हमालले बुधवार एक समारोहका बीच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरे । आज लाइसेन्स पाएको यो क्यापिटलले आगामी साता औपचारिक उद्घाटन गरी कारोवार सुरु गर्ने बताएको छ ।

एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । हाल सञ्चालनमा रहेका ३९ वटा मर्चेन्ट बैंकरहरूमध्ये यो पछिल्लो पटक स्थापना भएको मर्चेन्ट बैंक हो । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन । सञ्चालनमा रहेका मर्चेन्ट बैंकरहरूमध्ये झण्डै एक दर्जन क्यापिटल मर्जर वा खारेजीमा गइसकेका वा जाने क्रममा छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स