नोटलाई जतन गर्ने सहि तरिका

१. नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतीक हो, नोटलाई जतनसाथ प्रयोग गरौं ।

२. नोटको जतन गर्न मनीब्यागको प्रयोग गर्ने बानी बसालौं ।

३. नोटमा केरमेट नगरौं, नोटलाई मैलो पार्ने कुनै काम नगरौं, सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।

४. कारोबारको भुक्तानी दिँदा यथाशक्य विद्युतीय माध्य, कार्ड वा ई–वालेटको प्रयोग गरौं ।

५.नेटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयुसमेत घट्ने हुँदा यसतो कार्य बन्द गरौं ।

६. धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दुध, रगत आदि नपारौं । बरू खामको प्रयोग गर्ने, दान पेटिकामा खसाल्ने वा रसिद लिई चन्दा दिने गरौं ।

७. भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोटहरू पाइएमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तिय संस्थामा दाखिला गरौं वा जानकारी दिऔं ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स