कुमारी बैंकले ल्यायो बीमा सुविधा सहितको मुद्दती निक्षेप योजना, मुद्दती रकम २ गुणा हुनका साथै बीमा शुल्क बैंकले नै तिरिदिने

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त हुने बैंकले जनाएको छ ।

नेपालमै पहिलो पटक जीवन बीमा सुविधा सहितकोे मुद्दती निक्षेप योजना सार्वजनिक गरेको बैंकले कुमारी जीवन बिमा २ एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको अवधिक जीवन बिमा सुविधा वापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने जनाएको छ ।

बैंकका अनुसार यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युनतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैया सम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुनेछ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको बैंकले जनाएको छ ।

मुद्दती निक्षेप तथा जीवन बीमा दुबै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्द गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको जनाएको छ ।

बैंकले ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स