नेप्सेमा साढे १० करोड कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे १० करोड कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। बुधबार प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई १स्१ अनुपातमा गाभेपछि सेन्चुरीको तर्फबाट आई प्रभु बैंकको नाममा कायम भएको १० करोड ७७ लाख १ सय ९८.८५ कित्ता सेयर सूचीकृत भएको हो ।

प्रभु बैंकको यस अघि सूचीकृत १३ करोड ५३ लाख ४७ हजार ६ सय ९९ कित्ता सेयर र आज सूचीकृत भएको १० करोड ७७ लाख १ सय ९८.८५ कित्ता सेयर सहित प्रभु बैंकको कुल सूचीकृत सेयर संख्या २३ करोड ५४ लाख २४ हजार ८ सय ९९ कित्ता पुगेको छ ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/2.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स