काठमाडौं । देशभर थप १,२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ भने १,३२४ जना संक्रमणमुक्त भएका छन्