सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा ३.८२ गुणाबढी आवेदन परेको छ ।

मंगलबार साँझ ५ः१० बजेसम्ममा १४ लाख १२ हजार १३ जना आवेदकबाट १ अर्ब ६२ करोड ४० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ४० हजार ९४० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्कासन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरको ३.८२ गुणा बढी हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ४ लाख २४ हजार ८९३ जनाले मात्रै सेयर पाउनेछन् ।

कम्पनीले फागुन २६ गतेदेखि आज फागुन ३० गतेसम्म आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजीको ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स