पूर्वाधार विकास बैंकले पनि पुनरकर्जा दिन पाउने

काठमाडौं । पूर्वाधार विकास बैंकले पनि पुनरकर्जा दिन पाउने भएको छ । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधन) मा पूर्वाधार विकास बैंकलाई पनि पुनरकर्जाको लागि आवेदन दिन योग्य इजाजतपत्र प्राप्त संस्थाका रुपमा राखेको छ ।

यस अघि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स मात्र पुनरकर्जाको लागि आवेदन दिन योग्य इजाजतपत्र प्राप्त संस्थाका रुपमा रहेका थिए । तेस्रो संशोधनले पूर्वाधार विकास बैंकलाई पनि पुनरकर्जाको लागि आवेदन दिन योग्य इजाजतपत्र प्राप्त संस्थाको रुपमा थप गरिएको हो ।

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा, साधारण पुनरकर्जागरी तीन प्रकारको पुनरकर्जाको व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा २ प्रतिशत, विशेष पुनरकर्जामा १ प्रतिशत र साधारण पुनरकर्जामा ३ प्रतिशत ब्याजदर लिने गरेको छ ।

इजाजतपत्र प्राप्त संस्थाले ग्राहकबाट लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा ५ प्रतिशत, विशेष पुनरकर्जामा ३ प्रतिशत र साधारण पुनरकर्जामा ५ प्रतिशत ब्याजदर लिने पाउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स