पृथ्वीवहादुर शाहसहित ६ जना जेल चलान, एक भने ५० हजार धरौटीमा छुटिन्

काठमाडौं । शंकास्पद कारोबारको आरोप लागेका अछामका पृथ्वी वहादुर शाहसहित ५ जना जेल चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

सोमबारको थुन्चे वहसपछि शंकास्पद कारोबार गरेका १९ जनामध्ये ६ जनालाई जेल चलान गरेको छ भने मनिता तामाङ ५० हजार धरौटी राखेर रिहा भएकी छिन् । अन्य ६ जनामध्ये ४ जनालाई केन्द्रीय कारागार र २ जनालाई डिल्लीबजार चलान गरिएको थापाले जानकारी दिए ।

थुन्चे वहसपछि तामाङलाई ५० हजार धरौटीमा छोडिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता सञ्जयसिंह थापाले बताए । ‘६ जनालाई काराबार चलान गरिएको छ,’ उनले भने ‘बाँकी फरार छन्, उनीलाई पनि छिट्टै फक्राउ गर्छौ ।’

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाएको थियो । शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।

शाहसहित अछामकै विजयविक्रम शाह, रंगबहादुर साउद, दोलखाका अनुप खड्का, जाजरकोटका चक्रबहादुर खत्री र नवलपरासी पश्चिमका रुक्माङ्गत काफ्ले, मनिता तामाङ सहित १९ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुद्दा चलाएको थियो ।

पृथ्वी बहादुर शाह सम्बद्ध रहेको कम्पनी तथा व्यक्तिहरूको बैंक खातामा विदेशी नागरिकहरूलाई ठगी गरी ‘स्वीफ्ट’ मार्फत रकम जम्मा गर्न लगाइउको भन्ने आरोप छ । शाहको नाममा ३८ करोड ८६ लाख ६२ हजार रहेको पुष्टि भइसकेको छ । सो रकमबाट पृथ्वी बहादुर शाहले जग्गा खरिद, घर निर्माण, सेयर तथा सुन खरिद गर्नाका साथै कम्पनी दर्ता तथा बीमा लगायतका क्षेत्रहरूमा लगानी गर्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स