सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

कम्पनीले चैत्र २० गते साधारणसभा आह्वान गरेको छ भने साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

तसर्थ, चैत्र १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव :

१. संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसुचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३. आ.व २०७९/८० लेखापरीक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त एंव निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिबाट सिफारिस भए बमोजिम २०७९ अषाढ मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव :
१. सर्वसाधारण समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने सम्बन्धमा ।

२. प्रबन्ध पत्र तथा नियमावलीमा शंसोधन गर्ने बारे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स