राष्ट्र बैंकले भन्यो–‘कर्जा जुन प्रयोजनको लागि लिइएको हो, त्यसमा मात्रै प्रयोग गर्नु’

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिएपछि जुन प्रयोजनको लागि लिइएको हो, सोही प्रयोजनमा मात्र प्रयोग गर्न ऋणीलाई सुझाएको छ । राष्ट्र बैंकले आज वित्तीय चेतना लागि भन्दै सूचना जारी गरेर कर्जा लिएपछि पूर्व निर्धारित शर्तअनुसार कर्जाको साँवा र ब्याज भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व भएको बताएको छ ।

राष्ट्र बैंकले भनेको छ–‘सम्बन्धित पक्षले पूर्व निर्धारित शर्त बमोजिमको दायित्व पूरा नगर्दा कानुनी कारवाहीमात्रै नभइ वित्तीय मध्यस्थताको सन्तुलन बिग्रेन र वित्तीय स्थायित्वमा समस्या आउने हुन सक्दछ ।’

यद्यपि कर्जा सदुपयोग गरी निश्चित उद्यम÷व्यवसाय गर्दागर्दै कुनै कार्य कारणले समयमा कर्जा भुक्तानी गर्न नसक्ने अवस्था आइपरेमा बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी तोकिएको शर्तको अधिनमा रही पुनरसंरचना वा पुनरतालिकीकरण गर्ने सक्ने व्यवस्था गरिएको छ ।

अर्थतन्त्रमा आएको मन्दी र चर्को ब्याजदरको कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न नसक्ने अवस्थामा उद्यमी व्यवसायी पुगेको बताइरहेका छन् । यस्तो अवस्था पुगेका उद्यमी व्यवसायीको कर्जा पुनसंरचना वा पुनरतालिकीकरण गर्न गरिने व्यवस्था राष्ट्र बैंकले गरेर ऋणीलाई फेरिपनि नियामकीय भुमिका निर्वाह गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स