फाइनान्स कम्पनीले पनि घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि चैतमा निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन्। फाइनान्स कम्पनी संघको बैठकले १ वर्षको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको हो।

संघले ३ महिनामाथिको निक्षेपको ब्याजदर ०.१५ प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ । अब छोटो र लामो अवधिको मुद्दति निक्षेपको ब्याज दर फरक हुने संघले जनाएको छ ।
संघले बचतको ब्याज दरमा कुनै सहमति गरेको छैन। कम्पनीहरुले आफ्नो सहजताका हिसाबले बचतमा ब्याज दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स