काठमाडौं । भव्य पुजाआजका बीचमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि.र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिबो एकीकृत कारोवार आज बिहानबाट सुरु भएको छ ।
औपचारिक कार्यक्रम आज साँझ आयोजना गरिएको छ । बिहान बीमा समितिमा पुगेर अध्यक्ष मनोहरदास मुलले शपथग्रहण गरेका थिए । त्यस लगत्तै पूजा आजा गरेर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको तर्फबाट पहिलो बीमा पोलिसी काटिएको कम्पनीले जनाएको छ ।
आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरूको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी नयाँ सञ्चालक समिति गठन गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नयाँ सञ्चालक समिति
साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाटः
१) अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका)
२) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह)
३) गजेन्द्र लाल श्रेष्ठ, (सर्वसाधारण समूह)
साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का तर्फबाटः
४) मनोहर दास मूल, (संस्थापक समूह) अध्यक्ष
५) अरुण राज श्रेष्ठ, (संस्थापक समूह)
६) कमल भटृराई, (सर्वसाधारण समूह)