एक बैंक सहित दुई कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक बैंक सहित दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

जसअनुसार, कृषि विकास बैंकको २ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २९३.१४ रुपैयाँ कायम हुनेगरि मूल्य समायोजन गरेको हो । आज बैंकको सेयर प्रतिकित्ता २९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै, स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६६३.९३ रुपैयाँ कायम हुनेगरि मूल्य समायोजन गरेको हो । आज कम्पनीको सेयर प्रतिकित्ता ८१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

योसँगै, अब भोलि समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स