सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत निर्जीवन बीमा कारोबार आजबाट सुरु

काठमाडौं । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत निर्जीवन बीमा कारोबार आजबाट सुरु भएको छ। साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट आज फागुन २९ गतेदेखि एकिकृत कारोबार सुरु भएको हो ।

दुवै कम्पनी सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १००:८० कायम हुने गरि मर्जरमा गएका हुन् ।

हाल १०० कित्ता सेयर रहेको लुम्बिनी जनरल इन्स्योरेन्सका सेयरधनीको मर्जरपछि बन्ने कम्पनीमा ८० कित्ता सेयर हुनेछ भने सगरमाथा इन्स्योरेन्स कम्पनीका सेयरधनीको १०० कित्ता नै हुनेछ ।

दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात् स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ पुग्नेछ ।

मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३र३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट चंकी क्षेत्री रहने भएका छन् ।

यी दुई कम्पनीले गत असार २९ गते मर्जर जाने प्रारम्भिक सम्झौता भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स