पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दे

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै अब पपुवा न्युगिनीले पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपाली टोलीमा आज एक खेलाडीलाई परिवर्तन गरेको छ । नेपाली टिममा रहेका गुलशन झालाई बेञ्चमा राखिएको छ भने उनको स्थानमा करण केसी समावेश छन् ।

नेपालले हिजो भएको खेलमा युएईलाई एक सय ७७ रनले पराजित गर्दै आगामी चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको थियो ।

तेस्तै घरेलु मैदनमा भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसअघि युएई भ्रमणमा पनि नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो ।

आजको खेलमा पनि नेपालले पपुवा न्युगिनीलाई हराउँदै जित सुनिश्चित गर्न चाहन्छ । नेपाल ३४ खेलमा ३६ अंकका साथ चौथो स्थानमा छ । अब बाँकी रहेका दुई खेलमा विजयी हासिल गरेमा नेपाल तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटको यात्रा पक्का गर्नेछ ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलमा ३९ अंक छ । छैटौं स्थानमा रहेको युएईको ३४ खेलमा ३१ अंक छ भने सातौं स्थानको पपुवा न्युगिनीको समान खेलमा ११ अंक छ । ५० अंकसहित शीर्ष स्थानमा बसेको स्कटल्यान्ड र ४४ अंकसहित दोस्रो स्थानमा बसेको ओमानले भने विश्वकप छनोटको यात्रा तय गरिसकेको छ ।

नेपालको प्लेइङ–११ कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, सोमपाल कामी र ललितनारायण राजवंशी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स