नेप्सेमा साढे ४३ लाख बढी कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ४३ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।

आइतबार हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको कुल ४३ लाख ५७ हजार १८५ कित्ता संस्थापक सेयर सूचीकृत भएको हो।

एचआईडीएलले ल्याएको हकप्रद सेयरमा बिक्री नभएको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरिएको थियो।

सोही लिलामी प्रक्रियामा बिक्री भएको उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स