सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार भोलि, १५ दिनका लागि सेयर कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ । यी दुई इन्स्योरेन्स कम्पनीको सेयर कारोबार १५ दिनका लागि रोक्का हुने भएको हो।

मर्जरपश्चात गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९, बमोजिम गाभ्ने गाभिने कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार भएको मितिबाट १५ दिनका लागि सेयर कारोबार रोक्का गर्न लागेको हो ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट फागुन २९ गतेदेखि एकिकृत कारोबार हुँदैछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १००:८० कायम हुने सम्झौतमा उल्लेख छ ।

हाल १०० कित्ता सेयर रहेको लुम्बिनी जनरल इन्स्योरेन्सका सेयरधनीको मर्जरपछि बन्ने कम्पनीमा ८० कित्ता सेयर हुनेछ भने सगरमाथा इन्स्योरेन्स कम्पनीका सेयरधनीको १०० कित्ता नै हुनेछ ।

दुवै कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात् स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ पुग्नेछ ।

मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट चंकी क्षेत्री रहने भएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स