फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।

बुधबार, सुन प्रतितोला ९० हजार १ सय रूपैयाँ कायम भएकोमा आज भने ५ सय रूपैयाँले घटेर ८९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदी प्रतितोला ११ सय ६५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर ११ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स