सबैको लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फाल्गुण २६ गते शुक्रबार तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. ५ याम्पाफाँट स्थित मस्र्याङ्दी रिभर भ्यू रिसोर्टमा सम्पन्न भएको हो ।

वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद जोशीको सभाध्यक्षतामा सम्पन्न सो साधारण सभामा अध्यक्ष जोशीले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

यस वार्षिक साधारण सभाले आ.व. २०७८/७९ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २७ करोडको ०.९५ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार ८९४.७४ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर वापतको रकम) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

यसै गरी लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

त्यसै गरी विशेष प्रस्ताव तर्फ वित्तीय संस्थाको अधिकृत पूँजी ३० करोडबाट वृद्धि गरी ४० करोड र जारी तथा चुक्ता पूँजी २७ करोडबाट ३१ करोड ८६ लाख पु¥याउने, वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन÷ परिमार्जन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जर) वा एक्विजिशन गर्ने वा शाखा खरिद गर्न आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालन समिति वा समितिले तोकको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै सेयरधनीहरुले साधारण सभामा आफनो राय, सुझाव पेश गरेका थिए ।

साधारण सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य दिएका थिए ।

सो साधारण सभाको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव केशव कुमार पौडेलले गरेका थिए भने स्वागत मन्तब्य वित्तीय संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले गरेका थिए । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित सेयरधनीहरुले सर्वसम्मतिबाट पारित गरेका थिए । यस वित्तीय संस्थाका सञ्चालक जीवमूर्ति पन्तले मन्तब्य सहित धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स