सर्वोत्तम स्टिलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।

यसका लागि सर्वोत्तम स्टिल लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

सौरभ ग्रुपद्वारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स