काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ करोड २२ लाख कित्ताबढी सेयर सूचीकृत भएको छ ।
शुक्रबार नबिल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसअनुसार नबिल बैंकको १८.५ प्रतिशतले हुन आउने ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।