दुई लघुवित्त सहित ४ कम्पनीको सेयर मूल्य समायोजन,कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई लघुवित्त सहित ४ कम्पनीको सेयर मूल्य समायोजन गरिदिएको छ । नेप्सेले साना किसान लघुवित्त, आशा लघुवित्त, सांग्रीला डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य समायोजन गरेको हो ।

यी ४ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

जसअनुसार, साना किसान लघुवित्तको २६ प्रतिशत बोनस सेयरमा सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८८८.१० रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १,११९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

आशा लघुवित्तको १४.२८५७ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ। नेप्सेले प्रतिकित्ता ७५२.५० रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार लघुवित्तको प्रतिकित्ता ८६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सांग्रीला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३११.४२ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार बैंकको सेयर प्रतिकित्ता ३३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै, साल्ट ट्रडिङ कर्पोरेशनको १० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सले प्रतिकित्ता ३९४०.९१ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहिबार कम्पनीको सेयर प्रतिकित्ता ४,३३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

योसँगै, अब आइतबार समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स