ङादी ग्रूप पावरको चरम लापरवाही, के हेर्छन् नियामक निकाय ?

लगानीकर्तालाई दिएन कम्पनीको यथार्थ रिपोट

काठमाडौं । ङादी ग्रूप पावर कम्पनी(NGPL)ले लगानीकर्ताको लगानी माथि चरम लापरवाही गरेको छ । एनजीपीएलको आज सम्पन्न नवौं वार्षिक साधारणसभाको वार्षिक प्रतिवेदनमा नियामक निकायले तोके बमोजिमको ढाचामा बार्षिक प्रतिवेदन तयार गर्नुपर्नेमा कम्पनीको सामान्य कुरा समेत नराखी झारा टार्ने गरी प्रतिवेदन साधारणसभामा वितरण गरेको छ ।

प्रतिवेदनमा लेखा परिक्षण रिपोर्टको पूर्ण पाठ समेत छैन । साधारणसभाको प्रतिवेदनमा ५ पानाको जी पौडेल एण्ड एसोशिएटले तयार गरेको लेखा परिक्षण प्रतिवेदन मात्रै राखेको छ । जसमा लेखा परिक्षक र सञ्चालकले समेत हस्ताक्षर नगरेको प्रतिवेदन राखेको छ ।

अन्य कम्पनीका सूचनाहरू, सेयरधनीले धारण गरेका सेयरहरू, कुन सेयरधनी कुन मितिबाट चयन भए, कुन कुन समितिहरूमा को को छन्, सञ्चालक तथा उच्च व्यवस्थापकले कति तलब भत्ता बुझ्छन्जस्ता सामान्य कुराहरू सेयर धनीलाई जानकारी गराउनु पर्नेमा उक्त सामान्य कुराहरू समेत नराखी प्रतिवेदन विवरण गरिएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले अनिवार्य तयार गर्नुपर्ने भनि गरेको व्यवस्थालाई समेत यस कम्पनीले लत्याएको छ । साथै धितोपत्र बोर्डबाट जारी सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को समेत वर्खिलाप गरेको छ । कम्पनीले सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदनसमेत वार्षिक प्रतिवदेन २०७८/०७९ मा राखेको छैन ।

साथै कम्पनीले कम्पनी ऐन २०६३ को दफा १०९ को विवरण समेत वार्षिक प्रतिवेदनमा पूर्ण रुपमा उल्लेख गरेको छैन । उक्त दफामा सञ्चालक समितिको प्रतिवेदन राख्नु पर्ने व्यवस्था ऐनले गरेको छ ।

कम्पनीले वार्षिक प्रतिवेदनमा कम्पनीका सामान्य जानकारी, भावी योजना तथा लगानीका रणनीतिहरू राख्नु पर्नेमा सो पनि प्रतिवेदनमा उल्लेख गरेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स