आज सेयर मूल्य बढेका दश कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ ।सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेर ५२५.४४ विन्दुमा पुगेको छ ।
आज मंगलबार २६१ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६४ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ४ लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११.६२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा २४ हजार ३७३ पटक सेयर खरिद बिक्री भएको छ ।

शूभम पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आइतबार लिमिटेडको प्रति कित्ता सेयर २६५ रुपैयाँमा कारोबार भएको थियो । आज उक्त लिमिटेडको प्रति कित्ता सेयर २९१.५० रुपैयाँमा खरिद बिक्री भईँ प्रति कित्ता सेयर मूल्य २६.५० रुपैंयाँले बढेको छ ।

सुपर मादी हाईड्रोपावर कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । आइतबार हाईड्रोपावरको प्रति कित्ता सेयर २३८.९० रुपैयाँमा कारोवार भएको थियो । आज सो हाईड्रोपावरको प्रति कित्ता सेयर २६१.७० रुपैयाँमा खरिद बिक्री भई प्रति कित्ता सेयर मूल्य ३२.८० रुपैंयाँले बढेको छ ।

सिद्धार्थ ईन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को सेयर मूल्य ८.०२ प्रतिशतले बढेको छ । आइतबार स्किमको प्रति कित्ता सेयर ८.६० रुपैयाँमा कारोवार भएको थियो । आज सो स्किमको प्रति कित्ता सेयर ९.२९ रुपैयाँमा खरिद बिक्री भई प्रति कित्ता सेयर मूल्य ०.६९ रुपैंयाँले बढेको छ ।

इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ५.८० प्रतिशतले बढेको छ । आइतबार लिमिटेडको प्रति कित्ता सेयर ६३८ रुपैयाँमा कारोवार भएको थियो । आज सो लिमिट्डको प्रति कित्ता सेयर मूल्य ६७५ रुपैयाँमा खरिदबिक्री भएको छ । कम्पनीको प्रति कित्ता मूल्य सेयर मूल्य ३७ रुपैंयाँले बढेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.२४ प्रतिशतले बढेको छ । आइतबार संस्थाकोे प्रति कित्ता सेयर एक हजार २४८.६० रुपैयाँमा कारोवार भएको थियो । आज सो संस्थाको प्रति कित्ता सेयर मूल्य एक हजार ३१४ रुपंैयाँमा खरिदबिक्री भएको छ । कम्पनीको प्रति कित्ता मूल्य सेयर मूल्य ६५.४० रुपैंयाँले बढेको छ ।

सेयर मूल्य बढेका दश कम्पनीको क्रमैसंगको विवरण तलको तालिकामा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स