काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले छिमेक लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको २२ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ ।
नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८३८.५२ रुपैयाँ कायम गरेको छ। आज सेयरबजार बन्द हुनुभन्दा अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०२३ रुपैयाँ कायम थियो ।
अब बिहबिार समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।