एएफआईको आईजीएफ र एसएमईएफ बैंठक काठमाडौंमा सुरु

काठमाडौं । एलियन्स फर इन्क्लुजन (एएफआई)को दुईवटा विषयगत कार्य समूहको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ।

नेपाल राष्ट्र बैंक र एएफआईको संयुक्त आयोजनामा इन्क्लुसिभ ग्रिन फाइनान्स वर्किङ ग्रुप (आईजीएफडब्ल्यूजी) र र एसएमई फाइनान्स वर्किङ ग्रुप (एसएमईएफडब्ल्यूजी) को बैठक प्रारम्भ भएको हो। आईजीएफडब्ल्यूजी र एसएमईएफडब्ल्यूजी बैठकको यो क्रमशः आठौं र बीसौं संस्करण हो।

फागुन २६ गतेसम्म सञ्चालन हुने बैठकमा ४१ मुलुकका केन्द्रीय बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका ८० जनाभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्।

बैठकको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखिएको उल्लेख गर्दै सोको न्यूनीकरणका निम्ति यससम्बन्धी नीतिगत व्यवस्थालाई सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्। ग्रिन फाइनान्सको प्रवर्द्धका लागि नेपाल सरकार र राष्ट्र बैंकबाट अवलम्बन गरिएका पछिल्ला कानुनी र नीतिगत व्यवस्थाका सम्बन्धमा समेत उनले जानकारी दिइन्।

नेपालमा साना तथा मझौला व्यवसायको प्रवर्द्धन र वित्तीय स्रोतको पहुँचको निम्ति राष्ट्र बैंकबाट भएका प्रयासका बारेमा समेत कामु गभर्नर तिम्सिनाले चर्चा गरिन्। नेपालमा ग्रिन ट्याक्सोनोमी तर्जुमाका लागि अनुदान र प्राविधिक सहायता उपलब्ध गराएकोमा एएफआर्यप्रति उनँले आभार प्रकट गरिन्।

यसका साथै, नेपालमा वित्तीय समावेशीकरणको नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा समेत एएफआईबाट उल्लेख्य सहयोग प्राप्त भएको उनको धारणा थियो।

कार्यक्रममा एएफआईका कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिगले विकासोन्मुख देशको रोजगारी सिर्जना र जीविकोपार्जन सुधारमा साना तथा मझौला उद्यमको विशिष्ट योगदान रहेको चर्चा गर्दै यस क्षेत्रमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ठोस कदम चाल्नुपर्ने धारणा राखे।

यसै सन्दर्भमा एएफआईका सदस्य संस्थाहरुबीच नीतिगत सहकार्य, प्राविधिक सहायता आदानप्रदान र क्षमता विकास अभिवृद्धिमा उक्त बैठक फलदायी रहने विश्वास उनले व्यक्त गरे। ग्रिन फाइनान्सको प्रवर्द्धनको लागि राष्ट्र बैंकले लिएका नीतिगत पहलको प्रशंसा गर्दै ह्यानिगले बैंकको यो प्रयास अन्य सदस्य संस्थाको निम्तिसमेत अनुकरणीय रहेको चर्चा गरे।

चारदिने कार्यक्रमअन्तर्गत पहिलो र अन्तिम दिन दुवै समूहको संयुक्त बैठक सञ्चालन हुनेछ। दोस्रो र तेस्रो दिन सम्बन्धित समूहको कार्यक्षेत्रअन्तर्गतका विषयमा अलगअलग छलफल हुनेछ। आईजीएफडब्ल्यूजीको बैठकमा वित्तीय समावेशीकरणका साथै जलवायु परिवर्तनका कारण सिर्जित वातावरणीय र सामाजिक असर, यसलाई सम्बोधन गर्नका निम्ति क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भएका नीतिगत अभ्यास र यसको प्रभावबारे सहभागीहरुबीच विस्तृत छलफल हुनेछ।

यसैगरी एसएमईएफडब्ल्यूजीको बैठकमा विश्व अर्थतन्त्रमा साना तथा मझौला व्यवसायको योगदान, लैंगिक समानता र यस क्षेत्रका विद्यमान चुनौतीबारे अन्तरक्रिया हुनेछ। यसका साथै विभिन्न सदस्य संस्थाका तर्पmबाट साना तथा मझौला व्यवसायमा वित्तीय स्रोतको पहुँचको अवस्था र यसबाट वित्तीय समावेशीकरणको प्रवद्र्धनमा पुगेको योगदानबारे आ–आफ्ना कार्य अनुभवहरु प्रस्तुत हुनेछन्।

दुवै बैठकपश्चात साना तथा मझौला उद्यम–व्यवसायमार्पmत जलवायु परिवर्तनबाट सिर्जित चुनौतीलाई सम्बोधन गर्न अवलम्बन गर्न सकिने नीतिगत अभ्यास र भावी कार्यदिशाका सन्दर्भमा सदस्य संस्थाका प्रनिनिधिबीच छलफल हुनेछ। दुई बैठकमध्ये आईजीएफडब्ल्यूजी र एसएमईएफडब्ल्यूजीको अध्यक्षता क्रमशः सेन्ट्रल बैंक अफ नाइजेरियाका उपनिर्देशक डा। पल ओलुक्पी र बैंक अफ नामिबियाका निर्देशक डा. एमा हाइयाम्बोले गर्नेै छन् ।

जलवायु परिवर्तनका कारण सिर्जित असहज परिस्थितिलाई सम्बोधन गर्दै ग्रिन फाइनान्सको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१९ मा एएफआईअन्तर्गत आईजीएफडब्ल्यूजी गठन गरिएको थियो।

यसैगरी साना तथा मझौला उद्यमको प्रवर्द्धनमार्पmत आर्थिक वृद्धि, दिगो विकास, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यका साथ सन् २०१३ देखि एसएमईएफडब्ल्यूजीलाई क्रियाशील बनाइएको हो।

क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन र गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार गर्ने साझा उद्देश्यका साथ सन् २००८ जनवरी १ मा एएफआईको स्थापना भएको हो। वित्तीय पहुँच विस्तार र वित्तीय समावेशीकरणको प्रवर्द्धनका निम्ति नीतिगत सहकार्य, प्राविधिक सहायता र ज्ञान आदानप्रदानमा यस संस्था क्रियाशील रहँदै आएको छ।

एएफआईअन्तर्गत विभिन्न ७ वटा विषयगत समूह क्रियाशील छन्।

यसैगरी नीतिगत सहकार्यका निम्ति विभिन्न ६ वटा विषयगत क्षेत्रहरुसमेत निर्धारण गरिएका छन्। उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र रहेका ७६ मुलुकका केन्द्रीय बैंक र अन्य ८ वटा नियामक संस्था गरी कुल ८४ संस्था एएफआईको सञ्जालमा आबद्ध छन्। मलेसियाको क्वालालम्पुरमा यसको मुख्यालय अवस्थित छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स