दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट, यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ५९ हजारको कित्ता सेयर १ अर्ब २० करोड ४४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४५ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शुभम पावरमा १०% र सुपरमादी हाइड्रोपावरमा ९.९७ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २मा ८.०२%, इमर्जिङ नेपालमा ५.८०% र स्वाभिमान लघुवित्तमा ५.२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिवाइसी नेपाल लघुवित्तको ५.१८%, नबिल इक्युटी फण्डको ३.८५% , समिट लघुवित्तको ३.४३%, कुमारी धनवृद्धि योजनाको ३.०३% र सामलिङ पावर कम्पनीको २.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स