नेपाल उद्योग बाणिज्य महासंघको आगामी चुनावमा नेतृत्व चयन सर्वसहमतिबाट गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका आगामी अध्यक्ष एवम् आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्रमा हुन गइरहेको महासंघको निर्वाचन सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न आग्रह गरेका छन् ।

नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुलाई यस्तो आग्रह गरेका हुन् । ‘मलाई साथीहरुले तपाईले सर्वसम्मत नेतृत्वका लागि सुझाव दिने त होला भन्दै हुनुहुन्थ्यो । म प्रदेशको साथीहरूलाई आग्रह गर्न चाहन्छु । हामी राजनैतिक दलमा जस्तो चुनावी प्रकृयामा नजाऔँ । केही प्रदेशहरूले सर्वसम्मत नेतृत्व छान्दै राम्रो उदाहरण पनि प्रस्तुत गरेका छन् ।

‘तपाई गण्डकी प्रदेशका साथीहरूले पनि सर्वसम्मत नेतृत्वको लागि प्रयास गर्नुहोस्,’ उनले भने ‘केन्द्रका आकांक्षी साथीहरूलाई पनि सकेसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्नका लागि म आग्रह गर्न चाहन्छु ।’ त्यसो हुन नसकेमा तपाईहरूले स्वस्थ र प्रजातान्त्रिक तरिकाबाट निर्वाचन प्रकृयामा जान म आग्रह गर्न चाहन्छु,’ उनले भने ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स