लहानका वडाध्यक्षले गरे दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान

गोलबजार । सिरहाको लहान नगरपालिका-८ का वडाध्यक्ष श्याम साहले दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान-७ स्थित टाउनप्लानिंगमा रहेको जग्गादान गरेको हो ।

सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए ।

‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु’, वडाध्यक्ष साहले भने, ‘अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स