काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख २ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ६५ रूपैयाँ कायम भएको छ ।
हिजो सोमबार होली पर्वको कारण सुनचाँदीको कारोबार बन्द रहेको थियो ।