सेयर बजारमा १०४ अंकको उछाल आउँदा पनि यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार तेहोरो अंकको उछाल अंकको उछाल आएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठनहरुलाई बोलाएर नियम विपरित निक्षेपको ब्याजदर घटाउन निर्देशन दिएको थियो । ब्याजदर नघटाए कारबाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको थियो ।

बैंकिङ प्रणालीमा लगानीय योग्य रकमको अभाव हुन थालेसँगै बैंक तथा वित्त कम्पनीहरुले असोज १ गतेदेखि लागु हुनेगरी निक्षेपको ब्याजदर बढाउनेगरी प्रतिस्पर्धामा उत्रेका छन् ।

आज नेप्से १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । २ सय १७ कम्पनीको ७२ हजार ७१४ पटक सेयर कारोबार भएको छ । १ करोड २१ लाख २२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १७ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ ।

हिजो मंगलबार ९.५% मञ्जुश्री फाईनान्स लिमिटेड डिवेन्चर २०८५ को प्रति कित्ता सेयर मूल्य १००० रुपैयाँमा कारोवार भएको थियो भने आज ९८५.१० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको प्रति कित्ता सेयर मूल्य १४.९० रुपैयाँले घटेको छ ।
सिद्धार्थ ईन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को हिजो मंगलबार प्रति कित्ता सेयर मूल्य १०.५५ रुपैयाँमा कारोवार भएको थियो भने आज १०.५२ रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार नबिल ईक्वीटी फण्डको प्रति कित्ता सेयर मूल्य १५.४४ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति कित्ता सेयर मूल्य १५.४० रुपैयाँमा कारोबार भएको छ ।

हिजो मंगलबार ९.५% एनसीसी डिवेन्चरको प्रति कित्ता सेयर मूल्य १००० रुपैयाँमा कारोवार भएको थियो भने आज ९९९.६० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स