बिपिडब्लु लघुवित्तको आईपीओमा ११ लाखभन्दा बढीले दिए आवेदन

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ११ लाख भन्दा बढीले आवेदन दिएका छन् ।

आइतबार साँझ ५ः०२ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जना आवेदकबाट १ अर्ब २२ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ९३ हजार ६५० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले उल्लेख गरेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता सेयरको १५१.८६ गुणा बढी हुन आउँछ ।

लघुवित्तले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता सेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको ८० हजार ९५० कित्ता सेयर मात्रै वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स