एक कम्पनीमा लाग्यो सर्किट, कुन कम्पनीले कति कमाए र गुमाए

काठमाडौं । आइतबार, नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ३२ हजारको कित्ता सेयर १ अर्ब ३९ करोड २३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सुपरमादी हाइड्रोपावरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

युनिक नेपाल लघुवित्तमा ४.०२, एनएमबि ५०मा ३.६५, एनआइबिएल प्रगती फण्डमा ३.३५, सानिमा डिभेन्चर २०८७ मा २.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सामलिङ पावर कम्पनीमा १०, आदर्श लघुवित्तमा ७.५४, खप्तड लघुवित्तमा ७.४२, उपकार लघुवित्तमा ६.९६, ग्लोबल आइएमई लघुवित्तमा ६.१७ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स