जीवन विकास लघुवित्तको लाभांश संशोधन, घट्यो दुवै नगद र बोनस

काठमाडौं । जीवन विकास लघुवित्तको लाभांश परिमार्जन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले लाभांश संशोधन गरेको हो ।

राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफा हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

यसअघि कम्पनीले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४१ ८० हजार लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स