गरिब देशहरूको सम्मेलनः बढ्दो ऋण र मुद्रास्फीतिको चुनौती

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अति कम विकसित देशहरुमा पछिल्लो समय बढ्दो ऋण र मुद्रास्फीतिको चुनौती रहेको बताएका छन् । उक्त सम्मेलनम गरिब देशहरूको मुख्य चुनौती भनेको ऋण र मुद्रास्फीति रहेको औल्याइएको छ ।

कतारको दोहामा ओयोजत कार्यक्रममा बोल्दै अति कम विकसित मुलुकहरूको शिखरसम्मेलनमा मन्त्री श्रेष्ठले दोहा कार्ययोजना कसैलाई पनि पछि नछोड्ने सिद्धान्तमा आधारित नवीकरण र बलियो विश्वव्यापी साझेदारीको खाका रहेको पनि उल्लेख गरे ।

गरिब मुलुकले चुनौती पार गर्न ठोस राहतयुक्त सहयोगको खाँचो रहेको बताएका छन् । ‘न्यायको विषयको रूपमा र हाम्रो अर्थतन्त्र र समाजको अस्तित्वको लागि, अनुकूलन, न्यूनीकरण, नोक्सान र क्षतिको लागि गरिएको जलवायु वित्त प्रतिबद्धताहरू पूर्ण रूपमा परिचालन गरिनुपर्नेमा पर्छ,’ उनले भने ।

एलडीसीहरूमा सरल पहुँचका साथै डिजिटललगायत प्रविधि हस्तान्तरणलाई सुनिश्चित गरिनुपर्ने र महामारी र अन्य संकटसँग लड्न मद्दत गर्नुपर्नेमा उनले जोड दिए ।

‘वृद्धिशील कदमहरू बाहेक, हामीले विकासशील विश्वको आवाज र प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विश्व आर्थिक र वित्तीय प्रणालीलाई न्यायपूर्ण र समतामूलक बनाउनको लागि साहसी कदमहरू चाल्नुपर्नेमा उलने जोड दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स