साथीको विवाहमा जीवन बीमा उपहार !

धनुषा । सखुवा, महेन्द्रनगर-८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएको हो । प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिएको हो ।

आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले बताए । विवाहमा अन्य जिन्सी उपहार दिनु भन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे ।

यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।
वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुल आलम र बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

राजिव कुमार पण्डितको विवाह नेहा भारतीसँग भएको थियो । दुलाहा राजिव कुमार पण्डित ग्लोवल आइएमइ बैंक कुमारीपाटी शाखामा कार्यरत छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स