दुई लघुवित्तको सेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले डिप्रोक्स लघुवित्त र सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो ।

यी दुवै लघुवित्तले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

जसअनुसार, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता ८१९ रुपैयाँका आधारमा नेप्सेले १० प्रतिशत बोनस वितरणपछिको सेयरमुल्य प्रतिकित्ता ७४४.५५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, सर्पोट माइक्रोफाइनान्स ११ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता ११ सय रुपैयाँको आधारमा नेप्सेले ११ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य प्रतिकित्ता ९९०.९९ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा आइतबारबाट कारोबार हुनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स