यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयरबजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ५७ हजारको कित्ता सेयर १ अर्ब ३३ करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख, एनआईसी एसियाको ४ करोड ३७ लाख, नबिल बैंकको ३ करोड ८५ लाख र नेपाल रि इन्स्योरेन्सको २ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स