काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख २ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।